आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस युवा नेता खतिवडाले आफ्नै खर्चमा ओखलढुंगा पठाए स्वास्थ्य सामग्री

कांग्रेस युवा नेता खतिवडाले आफ्नै खर्चमा ओखलढुंगा पठाए स्वास्थ्य सामग्री

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 8.5K
    SHARES

  • कांग्रेस युवा नेता खतिवडाले आफ्नै खर्चमा ओखलढुंगा पठाए स्वास्थ्य सामग्री

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले स्वास्थ्य कार्यालय ओखलढुंगालाई आफ्नै खर्चमा स्वास्थ्य सामग्री पठाएका छन् ।

    नेता खतिवडाले स्यानिटाइजर, एन नाइन्टी फाइभ मास्, फेस सिल्ड, एन्टीजेन टेस्ट किट र स्वाब झिक्ने स्टिक र भाँडो मंगलबार पठाएका हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालयले स्यानिटाइजर, एन नाइन्टी फाइभ मास्क, फेस सिल्ड, एन्टीजेन किट र भिटिएम माग गरेको थियो ।

    त्यसमध्ये एक चौथाइभन्दा बढी सामग्री खतिवडाले स्वास्थ्य कार्यालयलाई पठाएका हुन् । नेता खतिवडाले ओखलढुंगा जिल्लामा कोरोना संक्रिमतलाई आवश्यक पर्ने औषधिसहित स्वास्थ्य सामग्रीहरूको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई रामशाहपथस्थित मन्त्रालयमा भेटेर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन माग गरेका हुन् ।

    जवाफमा सचिव अर्यालले ओखलढुंगा जिल्लामा औषधिसहितका स्वास्थ्य सामग्रीहरू पठाउने आश्वासन दिएका थिए । स्यानिटाइजर, मास्क, पीपीई सेट, अक्सिजन सिलिन्डर सहितका सामग्री ओखलढुंगामा पठाउन खतिवडाले सचिव अर्यालसँग आग्रह गरे पनि मंगलबार उनले आफ्नै खर्चमा स्वास्थ्य सामग्री पठाएका छन् ।

    खतिवडाले ओखलढुंगा जिल्लामै कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मशिन राख्न पनि अनुरोध गरेका छन् । पीसीआर परीक्षणका लागि ओखलढुंगाका जनताले कम्तिमा पनि २ दिन पर्खनुपर्ने अवस्था रहेको छ ।

    नेता खतिवडाले ओखलढुंगाकै सुनकोसी गाउँपालिकालाई पाँचजना बिरामी सुत्ने बेड पनि वितरण गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend