काठमाडौँ- पछिल्लो समयमा रातारात टिकटकमा भाइरल भएकी मोडल लोसिना लामिछाने र चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्रिको अभिनयमा रहेको आधुनिक गीत 'मै मत्ते जवानी...' रिलिज भएको छ ।
स्मिता स्नेह इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल मार्फत रिलिज भएको १ घण्टामै 'मै मत्ते जवानी...' सामाजिक संजाल देखि टिकटकमा भाइरल भएको हो ।
गायक राजन राज शिवाकोटी र गायिका जुनु रिजालको आबाजमा रहेको 'मै मत्ते जवानी...' सर्जक राजेन्द्र थापाको शब्दलाई टपक्क टिपेर चर्चित सर्जक राजन राज शिवाकोटीले गीतको संगीत गरेका हुन् ।
भिडिओको निर्देशन सुनिल क्षेत्रिले गरेका हुन् भने दिपक गिरिको सम्पादन रहेको छ । रुपन्देही जिल्ला आपपासको ठाउमा छायाँकन गरिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।