बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय : केही खुकुलो, केही कडाइ !

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय : केही खुकुलो, केही कडाइ !

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 5.7K
    SHARES

  • काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय : केही खुकुलो, केही कडाइ !

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

    काठमाडौं उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सम्मिलित बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

    काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

    कोरोना संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म तोकिएकोमा अब निषेधाज्ञा १५ दिन थपिएको छ ।

    निषेधाज्ञाको नयाँ व्यवस्था अनुसार अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइने छ । यसअघिको प्रावधान खुकुलो बनाउँदै प्रशासनले पसल खोल्ने अवधि बढाएको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्था रहेको थियो ।

    सीडीओहरूको बैठकले उपत्यका भित्रका अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । निजी निर्माण सामग्री ओसारपसारमा पनि रोक लगाइएको जनाइएको छ ।

    बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन नपाइने निर्णय गरेको जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend