काठमाडौँ- चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि र गीता ढुंगानाको अभिनयमा लोकदोहोरि गीत 'निगालिको डोको...' रिलिज भएको छ । बिहिबार स्मिता स्नेह नामक युटुब च्यानल बाट रिलिज गरिएको गीतको भिडिओले आइतबार साझ सम्म पनि १ लाख दर्शकको मायाँ पाउन धौ धौ भएको हो ।
केहि समय अगाडी मात्र सुनिल क्षेत्रि र गीता ढुंगानाको अभिनयमा नै रहेको चौका दाउ...'ले 'छोटो समयमा नै करोड भिउ पाउन सफल भएको थियो । सबै अब्बल कलाकारहरुको टिमले ल्याएको 'निगालिको डोको...' ले करोड भिउको आश गरेका थिए ।
चर्चित गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वरमा रहेको उक्त गीतको भिडिओले छोटो समयमा नै करोड क्लबको आश गरेका कलाकारहरु अहिले निरास बनेका छन् ।
गीतमा शब्द र संगीत तेजस रेग्मीकै रहेको छ । गीतको एरेञ्ज आशिष अविरलको रहेको छ । म्युजिक भिडिओको सम्पादन अमृत चापागाइँले गरेका हुन् भने छायाँकन दिपक गिरीले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।