काठमाडौं - शनिबार रातिदेखि एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिनेबारे बजार हल्ला चलेको छ । नेता, कार्यकर्ता, सर्वसाधारण जनता, मिडिया, सामाजिक सञ्जाल सबैमा यस्तै यस्तै चिन्ता र चासो देखिएको छ ।
तर, नेपालका बौद्धिक वर्ग भने अझै पनि माधव पक्षका सांसदले राजीनामा दिने र एमाले विभाजन हुने विश्वास गरिहाल्ने अवस्था नभएको बताउँछन् ।
आफ्नो कुर्सी जोगाउन जस्तोसुकै हर्कत गर्न माहिर प्रधानमन्त्री केपी ओलीले आइतबार साँझसम्म एउटा न एउटा बखेडा झिकेर परिस्थिति आफ्नो पक्षमा पार्ने अनुमान गर्न थालिएको छ । ओलीसँग अझै धेरै तुरुप बाँकी छ ।
कांग्रेसलाई अविश्वासको प्रस्ताव ल्याउन नदिएर चुनाव घोषणा गर्ने उनको भित्री चाहना छ । त्यसबारे उनले आइतबार बिहानैदेखि प्रचार सुरु गरिसकेका छन् । ओलीसँग लुम्बिनी प्रकरण अनुशरण गर्ने तुरुप बाँकी नै छ ।
आज साँझसम्म ओलीले पदबाट राजीनामा दिएर तत्कालै अल्पमतको सरकारको चलाउने अनुमान गर्न थालिएको छ । त्यसो भयो भने माधवकुमार नेपाल पक्षका सांसद आफैं भड्खालोमा जाकिने बताइन्छ ।
ओलीसँग मध्यरातिसम्म समय नै बाँकी छ । यसअघि संवैधानिक परिषद्को बैठक हतार हतार राखेर संवैधानिक परिषद्मा नियुक्त गरिएकालाई उज्यालो नहुँदै ओलीले सपथ खुवाएका थिए ।
त्यसैले अहिलेको नाटकको पटाक्षेप गर्न ओलीले चाल्ने स्टेप स्टेपबारे बालुवाटारमा छलफल भइरहेको एमाले नेताहरू बताउँछन् । त्यसमा पनि माधव पक्षले अझै पनि बार्गेनिङ टुल्स प्रयोग गरिरहेको छ । उसले २४ घन्टाको अल्टिमेटम दिएको छ ।
सामूहिक राजीनामाबारे आजै स्थायी कमिटीको बैठक पनि राखेको छ । त्यो बैठकको निर्णय कुरेर बसेका ओलीले त्यसपछि मात्र भावी कदम चाल्ने स्रोतले बतायो ।
उनीसँग कोरोनालाई विशेष कारण देखाएर प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य र स्वास्थ्य संकटकाल लगाउने तुरुप आज रातिसम्म प्रयोग हुन सक्ने विश्वस्त सूत्रले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।