काठमाडौं – कोरोना भाइरस संक्रमणले बिरामी परेका पूर्व मन्त्री मोतीप्रसाद पहाडीको बुधबार राति बाँकेस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको छ ।
पहाडी संक्रमण भएपछि केही समय घरमै आइसोलेसनमा बसेका थिए भने गम्भीर भएपछि उलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
पूर्व मन्त्री पहाडीको कोरोनाका कारण निधन भएको अस्पतालका कोरोना फोकल पर्सन तेज वलीले पुष्टि गरे । पहाडी २०५१ सालमा डोल्पाबाट स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका थिए ।
पहाडी केही समय नेकपा एमालेमा प्रवेश गरेपनि पछि स्वतन्त्र बनेका थिए । पछिल्लो समय उनी सक्रिय राजनीतिमा समेत नरहेका जनाइएको छ । पञ्चायत कालमा २०३८ सालमै सहायक मन्त्री बनेका पहाडी हाल बाँकेको नेपालगञ्जमा बस्दै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।