आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कराँतेका पूर्व प्रमुख प्रशिक्षक बज्राचार्यको निधनप्रति कांग्रेस नेता महर्जनबाट श्रद्धाञ्जलि व्यक्त

कराँतेका पूर्व प्रमुख प्रशिक्षक बज्राचार्यको निधनप्रति कांग्रेस नेता महर्जनबाट श्रद्धाञ्जलि व्यक्त

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 8.0K
    SHARES

  • कराँतेका पूर्व प्रमुख प्रशिक्षक बज्राचार्यको निधनप्रति कांग्रेस नेता महर्जनबाट श्रद्धाञ्जलि व्यक्त

    काठमाडौं – नेपाली कांग्रेस खेलकुद विभाग सचिव तथा प्रभावशाली युवा नेता, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले क्योकुशिन कराँतेका इतिहासकर्ता संस्थापक सदस्य एवं पूर्व प्रमुख प्रशिक्षक रामजी बज्राचार्यको निधनप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    महर्जनले सामाजिक सञ्जालमार्फत स्व. बज्राचार्यप्रति समवेदना व्यक्त गरेका छन् ।

    मिडियाडबलीसँग कुरा गर्दै नेता महर्जनले रामजी गुरु एक होनहार खेलाडी रहेका बताए । ‘हामीले बाल्यकालदेखि रामजी गुरुको निकै प्रशंसा सुन्न पाइन्थ्यो । उहाँ एक क्योकुशिन कराँतेका खम्बा नै हुनुहुन्थ्यो । राजी गुरु क्योकुशिन कराँतेका संस्थापक गुरु जगत गौचनका उत्कृष्ट खेलाडीमध्येका १ नम्बर खेलाडीमा पर्नुहुन्थ्यो,’ नेता महर्जनले भने, ‘रामजी गुरुको निधनले हामी देशभरका मार्शल आर्टका खेलाडीहरू स्तब्ध भएका छौं ।’

    रामजी जस्तो खेलाडी जन्मिन नेपालमा पुस्तौंपुस्ता लाग्ने कांग्रेस खेलकुद विभाग सचिव महर्जन बताउँछन् । स्व. बज्राचार्यका १ छोरा र २ छोरीहरू छन् । 

    स्व. बज्राचार्य क्योकुशिन कराँतेका राष्ट्रिय च्याम्पियनका साथै अन्तर्राष्ट्रिय गेम खेल्न जापान, कोरिया, युरोप मुलुकको लगायत देश पुगेका महर्जनले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend