काठमाडौं – कोरोना भाइरस संक्रमण पुष्टि भएर उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनमा राखिएको थापाथलीस्थित नर्भिक अस्पतालले जानकारी दिएको छ ।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि नेता खनाललाई अस्पताल भर्ना गरिएको छ ।
कोरोना संक्रमण भई उनी शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएका अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेता खनाललाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी दिएका छन् ।
नेता खनालमा झाडापखालाको समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।