काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
झाडापखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनालको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै नेता खनाललाई मनमोहनबाट नर्भिक अस्पताल रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
‘उहाँलाई कोरोना भएपछि केहीबेर अगाडि अस्पताल ल्याइएको हो । उहाँ भर्ना भइसक्नुभएको छ,’ अस्पताल स्रोतले भन्यो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री टोपबहादुर रायमाझी र मणि थापालाई कोरोना पुष्टि भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।