आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेको भविष्यवाणी ठ्याक्कै मिल्यो !

दिपक मनाङेको भविष्यवाणी ठ्याक्कै मिल्यो !

  • मिडिया डबली
  • आइतवार, बैशाख २६ २०७८

  • 24.0K
    SHARES

  • दिपक मनाङेको भविष्यवाणी ठ्याक्कै मिल्यो !

    काठमाडौं – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला बैशाख १६ गते सांसद राजीव गुरुङ (दिपक मनाङे) युवा तथा खेलकुद मन्त्री नियुक्त भए ।

    मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री मनाङेले भने, ‘म मन्त्री पदमा १०–१२ दिनको लागि मात्र पनि हुन सक्छु । तर केही दिनमै देखिने गरी केही योजना ल्याउने छु ।’ यसरी मन्त्री पदमा १०–१२ दिन रहने घोषणा गरेका मनाङेको भविष्यवाणी ठ्याक्कै मिलेको छ ।

    मनाङे मन्त्री बनेको ठ्याक्कै १० दिनपछि आज आईतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्रीको राजीनामासँगै प्रदेश सरकारका सबै मन्त्री पदमुक्त हुन्छन् । नयाँ मन्त्री नियुक्त नहुँदासम्मका लागि गुरुङ कामचलाउ मुख्यमन्त्री बनेका छन् ।

    प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री सम्बन्धी प्रस्ताव ३ दिनभित्र पेश गर्न आह्वान गरेकाले अब मुख्यमन्त्री समेत २ दिन कामचलाउ हैसियतमा रहनसक्छन् । यसरी मन्त्री मनाङेको भविष्यवाणी ठ्याक्कै मिलेको छ ।

    अब गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने बाटो खुलेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि भोलि सोमबार मतदान हुने १ दिनअघि आज आईतबार गुरुङले राजीनामा दिएका छन् ।

    गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो । जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन गरेका थिए । कांग्रेसको मुख्यमन्त्री हुने अवस्थामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने जनाइसकेको छ ।

    गण्डकी प्रदेश प्रमुखको कार्यालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्र्दै गुरुङले राजीनामा दिएको जनाएको छ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेको उल्लेख छ ।

    धारा १६८(२) दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन सकिने उल्लेख छ । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री पोखरेलको पक्षमा स्पष्ट बहुमत पुगिसकेकाले कांग्रेसले मुख्यमन्त्री पाउने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २ २०७८१२:१६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend