काठमाडौं – पार्टीभित्र विवाद चर्किएर कायमै रहेका बेला नेकपा एमालेले बागमती प्रदेश सरकारमा नयाँ मन्त्री थपेको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ मन्त्री थपेका हुन् । बागमती प्रदेशमा पार्टीभित्र माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहेको छ ।
नयाँ मन्त्री बन्नेहरूमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे, सिन्धुपाल्चोकका सुरेश नेपाल, काभ्रेका चन्द्र लामा र दोलखाका सरस्वती बस्नेत रहेका छन् ।
राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारी, सिन्धुलीका प्रदीप कटुवाल र काठमाडौंका जुनेली श्रेष्ठ रहेका छन् ।
मुख्यमन्त्रीबाट नवनियुक्त नयाँ मन्त्रीलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शपथ गराउने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पौडेलले २ वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गरेका स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।