काठमाडौं – बागमती प्रदेश सभाको सातौं अधिवेशनको बैठक आज माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज सोमवार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढ्ने भएको छ ।
सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल प्रारम्भ हुने जानकारी दिए ।
प्रदेश सभाको सातौं बैठक अधिवेशनको गत माघ ७ गते प्रथम र गत माघ ९ गते दोस्रो बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।
प्रदेशसभा अंकगणित अनुसार सत्तारुढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका ३, राप्रपाका २, नेपाल मजदुर पार्टीका २ र स्वतन्त्र पार्टीका १ गरी ११० जना प्रदेश सभाको सदस्य रहेका छन् । नेकपा विभाजित भएर छुट्टाछुट्टै बैठक, भेला र निर्णय गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।