आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वोच्चको फैसलाले बागमती र प्रदेश १ का मुख्यमन्त्री खुसी

सर्वोच्चको फैसलाले बागमती र प्रदेश १ का मुख्यमन्त्री खुसी

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 7.5K
    SHARES

  • सर्वोच्चको फैसलाले बागमती र प्रदेश १ का मुख्यमन्त्री खुसी

    काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी ओलीसहित उनी पक्षका नेताहरू निराश छन् । भएको सत्ता गुम्ने डर उनीहरूमा छ । तर, ओली पक्षका दुई मुख्यमन्त्री भने निकै खुसी देखिएका छन् सर्वोच्च अदालतको फैसलाबाट ।

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई यतिबेला निकै खुसी देखिएका हुन् । प्रतिनिधिसभा पुनःस्थापना भएपछि कानुनी व्यवस्थाका कारण केही समय पद थमौती भएको उनीहरूको विश्वास छ ।

    नेकपाको आन्तरिक किचलोले पौडेल र राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश १ संसदमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको छ ।

    तर, नेकपा ओली समूहले बैठक बहिष्कार गरेकाले फागुन २० गतेसम्म रोकिएको छ । यता, बागमती प्रदेश सभा भने राष्ट्रपति र प्रधानमन्त्रीको दबाबका कारण बस्न दिइएको छैन । सूचना टाँस गर्दै बैठक स्थगित गर्ने रणनीतिमा ओली समूह लागेको छ ।

    कानुनी रूपमा अझै पनि नेकपा विभाजन भइसकेको छैन । जबसम्म नेकपा विभाजन हुँदैन, तबसम्म संसदीय दलका नेत र पार्टी अध्यक्षको निर्णय आधिकारिक हुन्छ । नेकपाको अध्यक्ष अहिले पनि केपी ओली र प्रचण्ड नै हुन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा विभाजन नभएसम्म मुख्यमन्त्री पौडेल र राईको पद गुम्ने त्यति खतरा हुन्न । त्यसअघि अविश्वासको प्रस्तावमाथि छलफल भई निर्णयमा पुग्न पनि कानुनी र वैधानिक समस्या देखिने अवस्था छ ।

    सोही कारण प्रदेश बैठक परपर सार्दै लगिएको हो । जबसम्म केन्द्रमा नयाँ सरकार बन्दैन, तबसम्म प्रदेश मुख्यमन्त्रीको पद थमौती हुने परिस्थिति निर्माण भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १३ २०७७०८:२८:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend