काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १६ गतेदेखि लागू हुने गरी सोमबार जारी गरेको निषेधाज्ञामा मंगलबार थप आदेश गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीद्वारा जारी थप आदेशमा निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचय पत्रका आधारमा आफूले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाउने उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गर्दै नयाँ व्यवस्था गरेको छ ।
नयाँ आदेश अनुसार विवाहमा सहभागी हुन ब्यानर र दुलाहा–दुलहीसहित १५ जनाका लागि २ वटा सवारीसाधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था समेत गरिएको छ ।
पढ्नुहोस् पूर्णपाठ –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।