काठमाडौं – जिल्ला प्रशासन कार्यालय कास्कीले पर्सि बुधवारदेखि १ हप्ताका लागि निषेधाज्ञा जारी गर्ने आदेश गरेको छ ।
अत्यावश्यक बाहेकका जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोडबिजोर प्रणाली समेत लागू गरिएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी मात्र चलाउन पाइने छ ।
सिनेमा हल, पार्टी प्यालेस, क्लब, फूटसल, खेलकुद स्थान, ब्यूटीपार्लर, सैलुन, फुटपाथ पसल सेवा तथा स्थान समेत बन्द हुनेछन् । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र १५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम लागू गरिएको छ ।
दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसल बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म खोल्न पाइने भएको छ । अरु पसल, डिपार्टमेन्ट स्टोर, शपिङ मल बन्द हुने भएका छन् ।
बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्न पाइने छ भने होटल तथा रेस्टुराँले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म ‘टेक अवे’ सेवा दिन सक्ने जनाइएको छ ।
यस्तो छ आदेश –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।