काठमाडौं – संघीय राजधानी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
भोलि सोमवारदेखि लागू हुने गरी प्रशासनले सूचना जारी गरेर सेवा स्थगित गरिएको जनाएको छ ।
प्रशासन कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भएका र संक्रमितको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरू समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।