काठमाडौँ- चर्चित गीतकार शिब हमालको लय तथा शब्दमा लोकदोहोरी गीत 'झुम्के मायालु...' रिलिज भएको छ । पछिल्लो समय ब्यापक रुचाइएका गायक बिमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा आइतबार रिलिज भएको हो ।
विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गीतको भिडिओलाई शिब हमालको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल समारिका ढकाल र सुनिल क्षेत्रिलाई नै देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाँकन रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।