बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पतंजलिद्वारा सञ्चालित अनलाइन ‘योग चौतारी’लाई १ वर्ष पूरा

पतंजलिद्वारा सञ्चालित अनलाइन ‘योग चौतारी’लाई १ वर्ष पूरा

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 9.8K
    SHARES

  • पतंजलिद्वारा सञ्चालित अनलाइन ‘योग चौतारी’लाई १ वर्ष पूरा

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’लाई १ वर्ष पूरा भएको छ ।

    गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।

    पतंजलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जूमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,’ संयोजक भट्टले भने, ‘कोरोनाको दोस्रो लहर शुरू भइरहेको बेला फेरि प्रत्यक्ष रूपमा भेला हुन नपाइने भएकाले अनलाइन योग चौतारीको महत्त्व बढेको छ ।’

    कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टले घरबाटै कार्यक्रम सञ्चालन गरेपनि अहिले कार्यक्रममा देशविदेशबाट सहभागिता जनाउने गरेका छन् । 

    बिहीवार भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउँदै योग चौतारीले स्वस्थ जीवनका लागि दिनदिनै घरबाटै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शारीरिक रूपमा स्वस्थ नभए मानसिक र चिन्तनमा समेत समस्या आउने भएकाले योगको महत्त्व रहेको बताए ।

    ‘रोग लाग्न नदिन र रोग निको पार्न योगले राम्रो काम गरेको छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, तसर्थ यो कार्यक्रमलाई धन्यवाद दिन्छु,’ उनले भने ।

    पतंजलि योगपीठ नेपालका प्रमुख ई. शालिग्राम सिंहले स्वामी रामदेवजीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘नेपालमै आयुर्वेद औषधि उत्पादन गर्न पतंजलिले उद्योग स्थापना गर्दैछ,’ सिंहले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ९ २०७८१२:४३:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend