आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेल र बादलले काम देखाउन नसकेपछि रिसाए केपी ओली, यस्तो कडा निर्देशन

ईश्वर पोखरेल र बादलले काम देखाउन नसकेपछि रिसाए केपी ओली, यस्तो कडा निर्देशन

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 8.1K
    SHARES

  • ईश्वर पोखरेल र बादलले काम देखाउन नसकेपछि रिसाए केपी ओली, यस्तो कडा निर्देशन
    फाइल तस्वीर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रभावशाली मन्त्री हुन् ।

    उपप्रधानमन्त्री पोखरेललाई ओलीले प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा नै दिएका छन् गृहमन्त्री बादलसँग प्रशासन र प्रहरी लगायत सुरक्षा निकायको जिम्मेवारी छ ।

    यति हुँदाहुँदै पनि सरकारले कोरोना रोकथामका लागि भीडभाड नगर्ने भनेर गरेको सामान्य निर्णय समेत कार्यान्वयन गराउन नसकेपछि प्रधानमन्त्री ओली पोखरेल र बादलसँग रिसाएका छन् । उपप्रधानमन्त्री पोखरेललाई कोरोना रोकथामका लागि काम गर्ने विशेष समितिको संयोजक समेत बनाइएको छ ।

    कोरोना जोखिम बढेपछि वैशाख ६ गतेको मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेश हालसम्म पालना नभएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका छन् । शनिवार अपराह्न बालुवाटारमा आयोजित कोरोनाको जोखिम सम्बन्धी छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भीडभाड कायमै रहेकोमा असन्तुष्टि व्यक्त गरे ।

    सरकारी आदेश कडाइपूर्वक पालना गराउन प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारको बैशाख ६ गतेको आदेशमा सार्वजनिक स्थलमा भीडभाड नगर्न, २५ जनाभन्दा बढी व्यक्तिको जमघट नगर्न, सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सम्बन्धी मापदण्ड लागू गर्न लगायत उल्लेख छ ।

    सरकारी आदेश राजपत्रमा प्रकाशित भइसकेपनि प्रशासनिक र सुरक्षा निकायले लागू गराउन सकेका छैनन् । यसको जिम्मेवारी उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री बादलको काँधमा रहेको छ ।

    प्रधानमन्त्री ओलीले कर्मचारीहरूबाट रिपोर्टिङ सुनिसकेपछि स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिएका स्रोतले जनाएको छ । तर प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारबाटै सरकारको आदेश उल्लंघन गर्ने कार्य हुने गरेको छ । बालुवाटारमा सिता, राम र हनुमानको मूर्तिपूजामा भीडभाड, बालुवाटारमै २५ जनाभन्दा बढीको एमाले बैठक, धरहराको उद्घाटनमा भीडभाड जस्ता कार्यक्रम प्रधानमन्त्री ओलीकै सक्रियतामा हुने गरेका छन् ।

    प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘स्वास्थ्य मापदण्डको पालना सम्बन्धी सरकारको आदेश कार्यान्यवन हुनुपर्‍यो, परीक्षण कम भएको गुनासो आइरहेको छ, त्यसलाई बढाउनुपर्‍यो, भेन्टिलेटर कम छन् भने थप्नुपर्‍यो, दातासँग मागेर हुन्छ कि, किनेर हुन्छ, तुरुन्त थप्नुपर्‍यो ।’

    प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको आवतजावतमा समेत कडाइ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको जनाइएको छ । सीमानामा नागरिकलाई स्वदेश आउनबाट तत्काल रोक्न नमिले पनि निश्चित समय दिएर कडाइ हुनुपर्ने प्रधानमन्त्री ओलीको निर्देशन छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend