काठमाडौं – बाँकेको नेपालगञ्जबाट कोरोना भाइरस संक्रमणका गम्भीर बिरामी बोकेर काठमाडौंतिर आउँदै गरेको हेलिकप्टर उडानमा संकट देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
मौसमी खराबीका कारण धादिङको गजुरीस्थित बजारमा २ वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको छ ।
बाँकेको नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका हेलिकप्टरलाई गजुरी बजारमा आकस्मिक अवतरण गरिएको छ ।
आकस्मिक रुपमा अवतरण गर्ने हेलिकप्टर मनाङ एयर र अल्टिच्युड कम्पनीका रहेका छन् ।
काठमाडौंमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंमा वायु प्रदूषण र मौसम परिवर्तनका कारण हवाइ उडान प्रभावित हुँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।