बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा आज दिउँसो अँध्यारो ! के भयो यस्तो ?

काठमाडौंमा आज दिउँसो अँध्यारो ! के भयो यस्तो ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 7.3K
    SHARES

  • काठमाडौंमा आज दिउँसो अँध्यारो ! के भयो यस्तो ?

    काठमाडौं – लामो समयदेखि वायु प्रदूषणको शिकार भइरहेको संघीय राजधानी काठमाडौं उपत्यकामा आज शुक्रबार अनौठो अवस्था आएको छ ।

    आज शुक्रबार दिउँसै काठमाडौं उपत्यका अँध्यारो भएको छ । जसले गर्दा सडकमा गुड्ने सवारीसाधनले लाइट बाल्नुपर्ने अवस्था आएको छ ।

    आगलागीपछि डडेलोको धुँवा र वायु प्रदुषणका कारण झण्डै १ महिनादेखि राजधानी काठमाडौंको आकाश राम्रोसँग खुलिसकेको छैन । 

    हिजो बिहीवार साँझ आएको हावाहुरीले आज शुक्रवार बिहानतिर आकाश थोरै खुलेपनि दिउँसो अँध्यारो जस्तो भएको छ । शुक्रबार दिउँसो काठमाडौंमा असिनापानी समेत परेको छ ।

    अहिले अपराह्न ४ बजेपछि राजधानी काठमाडौं पूरै अध्याँरो देखिएको छ । अध्याँरो भएपछि सडकमा गुडिरहेका यातायातका सवारीसाधनले लाइट बालेका छन् ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभावले दिउँसै अँध्यारो भएको बताए ।

    मौसम खराब भएर भिजिविलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडान समेत प्रभावित बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend