बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ठेकेदारको टोलीद्धारा संचारकर्मी गुरागाईँमाथि आक्रमण, प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

ठेकेदारको टोलीद्धारा संचारकर्मी गुरागाईँमाथि आक्रमण, प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 5.8K
    SHARES

  • ठेकेदारको टोलीद्धारा संचारकर्मी गुरागाईँमाथि आक्रमण, प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

    काठमाडौं - सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरका ठेकेदारसहितको टोलीले भौतिक आक्रमण गरी सञ्चार सामग्री तोडफोड गर्दै मार्ने धम्कीसमेत दिएको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण लगायतको बिषयमा २०७७ चैत ३० गते रिर्पोटिङ गर्न पुगेका नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी गुरागाईँलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाइजर ज्ञानबहादुर रायको मिलेमतोमा आक्रमण गरी सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरिएकोप्रति युनियनले खेद प्रकट गरेको हो ।

    ठेकेदार मनोज भेटवालका सुपरभाइजर रायले गुरागाईँलाई मार्ने धम्कीसमेत दिएको घटनाले युनियनलाई थप आक्रोशित बनाएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकका चासोका बिषयमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने संचारकर्मीहरु कसरी प्रताडित छन् भन्ने यो घटनाले देखाएको छ । संचारकर्मी गुरागाईँमाथि आक्रमण गरी संचारसामग्री तोडफोड गर्ने मनोज भेटवाल सहितका दोषीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन नेपाल प्रेस युनियन काठमाडौंको स्थानिय प्रशासन र प्रहरीको गम्भीर रुपमा ध्यानाकर्षण गराउँछ ।’

    विज्ञप्तिमा ‘श्रमजिवी पत्रकारको क्षति गरिएका सञ्चार उपकरणको उचित क्षतिपूर्ति दिलाउन पनि युनियन माग गर्दछ’ भनिएको छ । सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्नसमेत युनियनले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    पत्रकारमाथि भएका यस्ता आपराधिक घघनामा संलग्नलाई प्रशासनिक कारबाही गरि क्षतिपूर्तिको ब्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनीसमेत दिइएको छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३१ २०७७०६:०४:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend