बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पत्रकार केदार दाहालमाथि प्रहरीद्वारा भएको कुटपिटको सर्वत्र निन्दा

पत्रकार केदार दाहालमाथि प्रहरीद्वारा भएको कुटपिटको सर्वत्र निन्दा

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 5.6K
    SHARES

  • पत्रकार केदार दाहालमाथि प्रहरीद्वारा भएको कुटपिटको सर्वत्र निन्दा

    काठमाडौं – नयाँ पत्रिका दैनिकका संवाददाता तथा पत्रकार केदार दाहालमाथि प्रहरीले मंगलबार दिउँसो लैनचौरस्थित भारतीय दूतावासअघि कुटपिट गरेको छ ।

    भारतबाट साउदी अरवमा हुने नियमित उडान रोकिएपछि भारतीयहरु नेपालको बाटो हुँदै साउदी अरव जान थालेका छन् । त्यसका लागि भारतीय नागरिकले दुतावास मार्फत नो अव्जेक्सन लेटर लिनु पर्ने व्यवस्था काठमाडौं विमानस्थलले गरेपछी दुतावासमा सेवाग्राहीको भिँड बढेको थियो ।

    ‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि सयौ भारतीयको भिँड भएपछि प्रहरीले उनीहरुमाथि ठेलमठेल गरेको थियो । सोही समाचार संकलन गर्न गएका पत्रकार दाहाललाई डिएसपी दिपक खड्काको कमान्डमा रहेको प्रहरीहरुले भिडियो र फोटो खिचेको भन्दै कुटपिट गरेका हुन् ।

    काठमाडौंस्थित संयुक्त राज्य अमेरिका, चीन, इजरायल र भारतीय दूताबासमा सुरक्षाको लागि पहरा दिने नेपाल प्रहरीका अधिकृतले पत्रकार र सर्वसाधरणलाई उभिन, बिस्तारै हिँड्न वा तस्वीर लिन समेत नदिई कुटपिट गरेका घटना बारम्बार आइरहन्छन् ।

    ति दुतावासबाट सुरक्षा दिएबापत पाउने सुविधाकै आडमा हौसिने सुरक्षाकर्मीहरु पत्रकारलाई दुव्यवहार र कुटपिट गर्न समेत पछि पर्दैनन् । मंगलबार पनि प्रहरीहरुले पत्रकार दाहालले आफु पत्रकार भएको भन्दै कार्ड देखाउदा समेत नक्कली पत्रकार भन्दै पाखुरा र घाटीमा समाएर लछारपछार पारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै नेपाल प्रेस युनियन केन्द्रीय र काठमाडौं समितिले दोषी प्रहरीमाथि तत्काल छानविन गरी कडा कारवाहीको माग गरेको छ ।

    प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र युनियनका काठमाडौं अध्यक्ष जगन्नाथ दुलाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिन बाध्य हुने चेतावनी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३१ २०७७०५:५४:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend