बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानले गर्यो नेपालगंजमा विशाल प्रदर्शन

दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानले गर्यो नेपालगंजमा विशाल प्रदर्शन

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 4.5K
    SHARES

  • दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै  राष्ट्रिय दलित मुक्ति जागरण अभियानले गर्यो नेपालगंजमा विशाल प्रदर्शन

    काठमाडौँ- राष्ट्रिय दलित मुक्ति जागरण अभियानले बाँकेको नेपालगंजमा विशाल प्रदर्शन गरेको छ।

    दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले नेपालगजंमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन गरेको हो।

    राज्यका हरेक अंग र निकायमा दलित समुदायकाे सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिए।

    जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन र सरकारलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको सुनारले बताए। यसअघि अभियानले सप्तरी र दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ।

    नेपालगंजमा आइतबार आयोजित प्रदर्शनमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाटसमेत ठूलो संख्यामा सहभागिता रहेको थियो। संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए।

    प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली, अधियानका पूर्वी नेपाल संयाेजक राजेश विद्राेहीलगायत दलित अगुवाहरुको सहभागिता थियो।

    यो अभियानले अब संघीय राजधानी काठमाडौंलगायत देशका ठूला सहरमा यस्ता जागरण अभियान र प्रदर्शनलाई निरन्तरता दिने संयोजक सुनारले बताए।

    संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३१ २०७७०५:४२:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend