बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चितवनमा भयंकर दुर्घटना, ५ जनाको मृत्यु

चितवनमा भयंकर दुर्घटना, ५ जनाको मृत्यु

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 4.6K
    SHARES

  • चितवनमा भयंकर दुर्घटना, ५ जनाको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं – पूर्वी चितवनको राप्तीमा कामदार चढेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

    आईतवार साँझ ११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कंदै गरेका २०–२५ जना कामदार सवार ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्य कामदार गम्भीर घाइते भएका छन् । वडा कार्यालयको भवन ढलान गरेर फर्कने क्रममा ना१त ६२८२ नम्बरको ट्याक्टर राप्ती–११ स्थित चिउरी खोलामा खसेको थियो ।

    दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    दुर्घटनाका मृतक तथा घाइतेको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ३० २०७७०७:१७:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend