काठमाडौं – मुगु जिल्लाको सोरु गाउँपालिका–८ स्थित बालज्योति प्राविमा ३ कक्षामा अध्ययनरत ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरी शव कर्णाली नदीमा फालिएको घटनाले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्तब्ध बनेको छ ।
बलात्कारपछि हत्या घटनाको निन्दा र भर्त्सना गर्दै नेविसंघले दोषीलाई कारवाही गर्न माग गरेको छ ।
‘नेकपा एमालेको ओली नेतृत्वको सरकार गठन भए यता विगत ३ वर्षमा लगातार यस्ता घटनाहरू दोहोरिनुले जनताको जीउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासिनता उदांगो भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘निर्मला पन्त, सम्झना विक र भागरथी भट्टको बलात्कार गरी हत्या गरिँदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकाले हाम्रो समाजमा यस्ता जंगली र पाशविक घटनाले निरन्तरता पाएका छन् । बलात्कारी र हत्यारालाई संरक्षण गरी सत्ताको आयू लम्ब्याउने खेलमा न लागी जनताको जिउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खबरदारी गर्न चाहन्छौं ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।