आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्डलाई संसद्मै गोकुल बास्कोटाले दिए चुनौती

प्रचण्डलाई संसद्मै गोकुल बास्कोटाले दिए चुनौती

  • मिडिया डबली
  • सोमवार, चैत्र २३ २०७७

  • 6.3K
    SHARES

  • प्रचण्डलाई संसद्मै गोकुल बास्कोटाले दिए चुनौती

    काठमाण्डौ- एमाले सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौती दिएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओली निकट बास्कोटाले समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने चुनौती दिएका हुन् ।

    उनले प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ?’ बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’

    अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए। उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’

    चुनाव देख्नासाथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले बताए। उनले विकास भएको देख्न नसक्नेले साउने चश्मा र सुन्न नसक्नेले कानमा रुवाले कोच्न पनि सुझाव दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend