बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नक्सालको नागपोखरीमा नयाँ बुटिक त्रिति सञ्चालनमा

नक्सालको नागपोखरीमा नयाँ बुटिक त्रिति सञ्चालनमा

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 6.1K
    SHARES

  • नक्सालको नागपोखरीमा नयाँ बुटिक त्रिति सञ्चालनमा

    काठमाडौं – राजधानी काठमाडौंको नागपोखरी नक्सालमा नयाँ बुटिक त्रिति सञ्चालनमा आएको छ ।

    बुटिककी प्रबन्धक निर्देशक ज्योती थापाले आममानिसमा समेत फेसनप्रतिको धारणामा परिवर्तन आएको उल्लेख गर्दै अब फेसन बुटिकले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताइन् ।

    थापाले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधैं पर्ने गरेको बताएकी छन् । राजधानीको नक्सालमा बुटिक सञ्चालन गर्दै उनले फेसनमा आफू सधै सजक रहेको बताइन् ।

    कुर्था, लेहेङ्गा, सारी आफ्नो विशेष मनपर्ने पहिरन भएको बताएकी छन् । ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरूले लगाउने सबै पहिरन यो बुटिकमा पाइन्छ,’ उनले थपिन् ।

    धेरै फेसन शो र विभिन्न सौन्दर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भूमिका निर्वाह गरिसकेकी थापाले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

    ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रयोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपत्ति छैन,’ ज्योतिले भनिन्, ‘यो मेरो अनुभव र सौखको विषय पनि हो ।’

    सौखको विषय बुटिकमार्फत व्यवसायमा बदल्न लागेको उनले जानकारी दिइन् । ‘बुटिक फेसन भन्ने बित्तिकै ‘महंगो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर त्यसलाई हामी चिर्न चाहन्छौं,’ थापाले थपिन्, ‘सर्वसाधारणको समेत पहुँच पुग्ने गरी ‘त्रिति बुटिक’ सञ्चालनमा ल्याइएको हो ।’

    164647212_203394937813819_2143247172101264408_n.jpg

    ‘हामी बुटिकमा जाँदा अन्य पसलमा भन्दा महंगो मूल्य तिर्नुपर्छ भन्ने आम कन्सेप्टलाई तोड्न चाहन्छौं,’ उनले भनिन्, ‘अहिले उमेर ढल्किसकेका महिलामा समेत फेसनले निकै राम्रो प्रभाव पारेको छ । तसर्थ हामीले सबै उमेर समूहलाई लक्षित गरेर साधारण मूल्यमै सेवा लिन सकिने गुणस्तरीय बुटिक सञ्चालनमा ल्याएका हौं ।’

    जसमा करीब ३० लाख रुपैयाँ बराबरको लगानी रहेको प्रबन्ध निर्देशक तथा डिजाइनर ज्योती थापाले बताइन् । बुटिकले सरल तरिकाले सस्तो र स्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १७ २०७७०९:१८:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend