काठमाडौं – वेलकम एड्भरटाईजिङ एण्ड मार्केटिङ प्रालिको प्राङ्गणमा वेलकम ग्रूप परिवारले एकआपसमा शुभकामना आदानप्रदान गर्दै होली मनाएको छ ।
कोरोना भाइरसले पारेको असरले गर्दा यसपालि पनि मास्क लगाएर होली मनाइएको छ ।
आफ्नो मातृभूमिमा हराइरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन, समय परिस्थिति अनुसार सामाजिक दूरी कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रूपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एकआपसमा रंग खेलेर शुभकामना आदानप्रदान गर्र्दै मनाएको छ ।
वेलकम ग्रूपका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घरपरिवारमा मात्र सीमित रही मनाउन सल्लाह र सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।