बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा अकस्मात आइलाग्यो अर्काे खतरनाक संकट !

काठमाडौंमा अकस्मात आइलाग्यो अर्काे खतरनाक संकट !

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 8.0K
    SHARES

  • काठमाडौंमा अकस्मात आइलाग्यो अर्काे खतरनाक संकट !

    काठमाडौं – आज शुक्रवार मध्याह्नसम्म सामान्य रहेको काठमाडौंको मौसमी अवस्था एक्कासी परिवर्तन भयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महसूस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो र तापक्रममा कमी आउँदा वायुमण्डल पनि धुमिल भयो ।

    एक्कासी वायुमण्डललाई बाक्लो तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको छ ।

    भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको कर्णले बताएका छन् । काठमाडौंबाट भरतपुरका लागि उड्नुपर्ने ३ उडान रद्द भए अन्य उडान पनि रद्द भएको छ ।

    ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्,’ कर्णले भने, ‘आउने र जाने दुबैथरि उडान रोकिएका छन् ।’ भिजिबिलिटीमा समस्या देखिएपछि घरेलु उडानहरू दिउँसोदेखि नै रोकिएका कर्णले बताएका छन् ।

    मौसमी अवस्थामा सुधार नभए काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई डाइभर्ट गर्नुपर्ने अवस्था आउने कर्णले बताएका छन् ।

    लामो समय वर्षा नभएका कारण वायुमण्डलमा धुलोका कण भए पनि धुलोकै कारण यसरी तुवाँलो नलागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘वायुमण्डलमा धुलोका कण त थिए नै तर अहिले काठमाडौंको वायुमण्डलमा धुलोका कण मात्र होइन, धुँवा पनि मिसिएजस्तो देखिएको छ ।’

    देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने उनले बताएका छन् । महाशाखाले शुक्रवार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा ‘देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको’ उल्लेख गरिएको छ ।

    महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा रहेकाले यसले मानव स्वास्थ्यलाई नराम्रो असर पार्ने जानकारहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend