आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघको ४८ दिने आन्दोलनपछि त्रिवि स्ववियू चुनावको मिति तोक्न बाध्य 

नेविसंघको ४८ दिने आन्दोलनपछि त्रिवि स्ववियू चुनावको मिति तोक्न बाध्य 

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 5.6K
    SHARES

  • नेविसंघको ४८ दिने आन्दोलनपछि त्रिवि स्ववियू चुनावको मिति तोक्न बाध्य 

    काठमाडौं – नेपाली कांग्रेसको भातृ संघ नेविसंघको ४८ दिनदेखि चलिरहेको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मिति तोक्न बाध्य भएको छ ।

    त्रिविले आगामी जेठ ३० गते स्ववियूको निर्वाचन गर्ने सहमति गरेको छ ।

    नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियू निर्वाचनसहित ५ बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनसन तोड्दै स्ववियू निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति जुटेको छ ।

    त्रिविले स्ववियू निर्वाचन गर्न चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुशरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालले बताएका छन् ।

    त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी २ महिनाभित्र रायसुझाव पेश गर्न ३ सदस्यीय समिति गठन गर्ने सहमति समेत भएको छ ।

    सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा. श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरे । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा.डा. भुसालले जुस खुवाएर अनसन तोडाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०७७०९:२१:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend