काठमाडौं – तपाईं गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईंका लागि खुसीको खबर छ ।
सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०७८ आयोजना गर्न लागिएको छ ।
नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारासहित आयोजना गरिएको अर्वाडमा ६० विधा रहने छन् । जसमा सहभागिता जनाउन देश–विदेशबाट सजिलै फाराम भर्न सकिने छ ।
अवार्डमा भाग लिँदा २०७६ भदौ २५ गतेदेखि २०७८ बैशाख २० गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ ।
अवार्ड र फाराम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
फाराम भर्नुअघि यी शर्तहरूलाई भने मुख्य रूपमा पालना गर्नुपर्नेछ । अवार्डमा निर्णायक र जुरीको निर्णय नै अन्तिम हुने जनाइएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।