काठमाडौं – कैलाली जिल्लाबाट काठमाडौंतिर आउँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धनगढीबाट काठमाडौंका लागि छुटेको बस घोडाघोडी क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हिक्मत थापाले बताएका छन् ।
थापाका अनुसार दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान भइसकेको छैन ।
घाइते २७ जनाको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । २ जना घाइतेलाई उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।