काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अब १० दिनभित्र एक्सन सुरु हुने घोषणा गरेका छन् ।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए ।
महामन्त्री कोइरालाले कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनुपर्ने बताएका छन् । कोइरालाले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने बताएका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्नुको विकल्प नभएको कोइरालाले बताएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन विभिन्न दलसँग छलफल गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।