बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

११ यात्रु बोकेको जीप दुर्घटना, यी ४ जनाको घटनास्थलमै मृत्यु (मृतकको नामसहित)

११ यात्रु बोकेको जीप दुर्घटना, यी ४ जनाको घटनास्थलमै मृत्यु (मृतकको नामसहित)

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 5.9K
    SHARES

  • ११ यात्रु बोकेको जीप दुर्घटना, यी ४ जनाको घटनास्थलमै मृत्यु (मृतकको नामसहित)
    प्रतिकात्मक तस्वीर

    काठमाडौं – सिन्धुली जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    कमलामाइ नगरपालिका–७ करङडाँडामा बा१७च १११७ नम्बरको जीप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले बताए ।

    प्रहरीका अनुसार दुर्घटना मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ रहेका छन् ।

    जीप चालक भोजविक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले बताए ।

    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको लामाले बताए । जीपमा ११ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३ २०७७०६:३८:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend