काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकले अहिलेको राजनीतिक संकटको निकास नदिने बताएका छन् ।
राष्ट्रपति भण्डारीले बोलाएको बैठकमा एकआपसमा अनुहार देखाउने काम मात्रै हुने नेता खतिवडाको टिप्पणी छ ।
सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै नेता खतिवडाले भनेका छन्, ‘शितलनिवासको बैठक, प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्दा बाटो बाटैमा स्वीकार्नुहुने राष्ट्रपतिज्यूले तत्काल सर्वदलीय बैठक बोलाउनु भएन, अहिले प्रधानमन्त्रीलाई के संकट उत्पन्न भयो र सर्वदलीय बैठक ? यो बैठकले राजनीतिक निकास दिन्न ! एकआपसमा अनुहार देखाउने काम मात्रै हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।