काठमाडौं - बालकलाकारद्वय सचिन परियार र रविना बसेलको स्वर रहेको ‘माया बुनेर’ बोलको गीत रिलिज भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
सबन्ध क्रियसन नामक युटुब च्यानल बाट सार्बजनिक भएको करिब १ महिनामा नै भिडिओले १७ लाख भन्दा धेरैको मायाँ पाईसकेको छ । चर्चित निर्देशक कपिल लामाको निर्देशनमा तयार पारिएको गीतको भिडिओले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको हो ।
गीतमा गणेश अधिकारी र प्रवीषा अधिकारीले स्वर दिएका छन् । उक्त लोक दोहोरी गीतमा गणेश अधिकारीको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।
म्युजिक भिडिओलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन् भने बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् । भिडिओमा चर्चित मोडल सारिका केसी, विजय पुन, सचिव परियार, रविना बसेल र सन्तोष मगरातीले अभियन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।