काठमाडौँ- गायक प्रताप दासको आवाजमा आधुनिक गीत 'के भयो र गल्ती मेरो...' रिलिज भएको छ । प्रशान्त पौडेलको शब्द, संगीत रहेको उक्त गीतको भिडिओ सबन्ध क्रियसन नामक युटुब च्यानल बाट शनिबार रिलिज भएको हो ।
मर्मस्पर्शी शब्दले भरिएको गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । मुस्ताङको आसपासमा छायांकन गरिएको भिडिओमा मायाँमा शंका गर्दा मान्छे कसरि छटपटीनिन्छ भन्ने चित्रण गरिएको छ ।
भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । शब्द र भाव अनुसार लामाले म्युजिक भिडियोको निर्देशन गरेको बताएका छन् । 'गीतका शब्दहरू अत्यन्तै मन छुने खालका छन्’, उनले भने, ‘शब्द र संगीतलाई मैले म्युजिक भिडियोमा भावना मर्न दिएको छैन ।’
भिडियोमा मोडल सारिका केसी र समिर न्यौपानेको दर्दनाक अभिनय देख्न सकिन्छ । वियोगान्त शैलीका शब्द रहेको गीतको म्युजिक भिडियोको कथा पनि वियोगान्तमै बनेको मोडल सारिका केसीले बताएकी छिन् । मायाँ प्रेममा हुने शंकालाई गीतमा देखाउन खोजिएको उनले जानकारी दिएकी छिन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओलाई दिपक गिरीले छायाँकन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।