काठमाडौं - गायक ऋषि खड्का र भाइरल गायिका लक्ष्मी खड्काको स्वरमा ‘ए निर जाले’ बोलको लोक दोहोरी गीत ट्रेण्ड्रिङमा उक्लिएको छ ।
रेड एप्पल मिडिया युट्युब च्यानलबाट गीत रिलिज भएको हो । सर्जक शिब पौडेलको शब्दलाई टपक्क टिपेर गायक ऋषि खड्काले नै गीतको संगीत भरेका हुन् ।
सार्बजनिक भएको केहि समयमा नै निकै चर्चा बटुल्न सफल उक्त भिडिओमा पछिल्लो समयमा ब्यापक रुचाइएकी मोडल सारिका केसी र पुरुषोतम पौडेलको दर्दनाक अभिनय देख्न सकिन्छ ।
मोडल सारिका केसी र पुरुषोतम पौडेलको अभिनय उत्कृष्ट रहेको चर्चा छ । मिडिया डबलीसंग कुरा गर्दै मोडल सारिका केसीले ‘ए निर जाले’ बोलको गीतबाट उत्साह थपिएको बताएकी छिन्।
निर्देशक कपिल लामाको निर्देशनमा तयार पारिएको भिडिओको सम्पादन शिब पौडेलले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।