आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली सेनाभित्रको यौनकाण्ड बाहिरियो, १ बाहिनीपति र २ महिला बर्खास्त !

नेपाली सेनाभित्रको यौनकाण्ड बाहिरियो, १ बाहिनीपति र २ महिला बर्खास्त !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 11.5K
    SHARES

  • नेपाली सेनाभित्रको यौनकाण्ड बाहिरियो, १ बाहिनीपति र २ महिला बर्खास्त !

    काठमाडौं – कडा अनुशासन कायम हुने संगठन नेपाली सेनामा कार्यरत १ जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको काण्डमा बर्खास्त भएका छन् ।

    सैनिक संगठन भित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले १ हप्ताअघि बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन् ।

    सेनाभित्र यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत रहेका छन् ।

    सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेका बेला सैनिक मुख्यालयले कोर्ट अफ इन्क्वायरी गठन गरेपछि यौनकाण्डमा कार्कीको गल्ती देखिएको थियो ।

    कार्कीसँगै यौनकाण्डमा मुछिएका २ जना महिला सैनिकहरू समेत बर्खास्तीमा परेकी छन् । कोर्ट अफ इन्क्वायरीले कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनसाय देखिएको सैनिक स्रोतले जनाएको छ ।

    जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा १ जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानबाट खुलेको छ ।

    ‘नेपाली सेनामा यौन दुर्व्यवहार जस्ता विषयमा शून्य सहनशीलता छ । कसैले गल्ती गरेको पत्ता लागेपछि सेनाको ऐननियम अनुसार कारवाही हुन्छ,’ पौडेलले भने, ‘कार्कीलाई पनि सैनिक ऐनको अनुशासन र आचारसंहितालाई टेकेर कारबाही गरिएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:२३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend