काठमाडौं – मोरङको पथरी शनिश्चरे–१० आदर्श टोलका १९ वर्षीय सञ्जीव भण्डारीको शंकास्पद मृत्यु प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले छानेका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
तत्कालीन नेकपा ओली पक्षका केन्द्रीय सदस्य समेत रहेका मोरङ पथरी शनिश्चरे–१० मंगलबारेका ४४ वर्षीय युवराज बाँस्कोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुस १४ गते बिहान आदर्श टोलका १९ वर्षीय सञ्जीव भण्डारी बास्कोटाको घरको एउटा कोठामा सुतेकै अवस्था मृत फेला परेपछि प्रहरीले शंका गर्दै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् ।
बाँस्कोटाको घरमा मृत अवस्था भण्डारी फेला परेपछि घटनाको थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको राईले बताए । उनीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुस १३ गते बाँस्कोटाका परिवार घरको एउटा कोठामा र अर्को कोठामा भण्डारी सुतेका थिए । बिहान नउठेपछि हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भण्डारी भेटिएका प्रहरीले जानकारी दिएको छ ।
मृतककी आमा राधिका भण्डारीले पुस २६ गते ईलाका प्रहरी कार्यालय पथरीमा बाँस्कोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी समेत दिएकी छन् ।
मृतक भण्डारीको पोस्टमार्टम र फरेन्सिक ल्याबबाट समेत रिपोर्ट आइसकेको हुँदा कुन अभियोजनमा अघि बढ्ने भन्ने विषयमा जिल्ला सरकारी वकिलसँग समन्वय भइरहेको डीएसपी राईले बताएका छन् ।
मृतक भण्डारीको बाहिरी शरीरको कुनै पनि भागमा चोटपटक नदेखिएको र बाँस्कोटालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।