बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतको ४ करोड बढी सहयोगमा बन्यो गोरखाको हिमालय माविको भवन

भारतको ४ करोड बढी सहयोगमा बन्यो गोरखाको हिमालय माविको भवन

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २६ २०७७

  • 4.3K
    SHARES

  • भारतको ४ करोड बढी सहयोगमा बन्यो गोरखाको हिमालय माविको भवन

    काठमाडौं – भारत सरकारको ४ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६ घैरुङ्गमा निर्माण गरिएको हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको बुधवार भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिबाट संयुक्त रूपमा उद्घाटन भएको छ ।

    ‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित ३ तले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि १—१ वटा कक्ष र छात्रछात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहनेछन् ।

    भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप पहिले ‘साना विकास परियोजना’को नामले परिचित परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रूपमा अघि बढाइएको हो । परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति गोरखाले गरेको छ । 

    सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४४६ वटा परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजनासहित ५० वटा परियोजना गण्डकीमा रहेका छन् ।

    भारत सरकारले आर्थिक सहयोग गरेका गण्डकीका विविध परियोजनाहरू निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ । 

    २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका ८ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । ३ वटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसिर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी ४ वटा विद्यालयको निर्माण कार्य भइरहेको छ । भारतले गोरखामा भूकम्पले क्षति पुर्‍याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ । 

    सन् १९६० मा स्थापित हिमालय माध्यमिक विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा करीब २५० जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशतभन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई क्षमतालाई अझ अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ । 

    परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको भारतीय दूतावासले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०७:४४:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend