बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

खटपट भएपछि यी ४ जनाले दिए संयुक्त राजीनामा

खटपट भएपछि यी ४ जनाले दिए संयुक्त राजीनामा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 12.9K
    SHARES

  • खटपट भएपछि यी ४ जनाले दिए संयुक्त राजीनामा

    काठमाडौं – नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक प्रवेश परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकूलपति र रजिस्ट्रारसँग खटपट परेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकाय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित ४ जना उपप्राध्यापकले संयुक्त राजीनामा गरेका छन् ।

    फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकूलपति र रजिस्ट्रारबाट मानमर्दन हुने गरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले आईतवार राजीनामा दिएका छन् ।

    उपकूलपति र रजिस्ट्रार दुबैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यक रुपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाइएको छ । ३ दिनसम्म लिइएको बीएएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिस्ट्रार कार्यालयमा निवेदन दिएका थिए । 

    विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीले परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता गरेको जानकारी दिइन् ।

    विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासा सहितको निवदेनमाथि अध्ययन भइरहेको बताएका छन् । ’विद्यार्थीले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन, यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानबिन गर्नैपर्छ,’ पौडेलले भने ।

    स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले आईतवारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजीनामा दिएपछि परीक्षाको नतिजा विवादित बनेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०७:३५:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend