काठमाडौं – आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनको अध्यक्षतामा शनिबार चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको ग्रान्ड ओपनिङ भव्य रूपमा भएको छ ।
कार्यक्रमको उद्घाटन माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाबाट रिबन कटिङ समारोह गरिएको हो ।
कृषि बजारमा रहेको २५० स्टल मार्फत अग्र्यानिक तरकारी तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन् ।
मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरू उपलब्ध गराउनु रहेको छ ।
यसरी सम्पूर्ण उपभोक्ताको सहजताका लागि सञ्चालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडिपट्टि रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।