काठमाडौं – सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्ल्यूईसी) सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सन् २००१ मार्च २९ गते गठन भएको थियो । कोभिड–१९ को प्रकोप सुरू भएदेखि रोकिएर रहेको कार्यक्रम नाइट बजार शनिबार सफल रूपमा सम्पन्न भएको छ ।
सार्क च्याम्बर महिला उद्यमी परिषद् (एससीडब्ल्यूईसी) नेपालकी उपाध्यक्ष् सरोजिनी शेरचनको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू सम्पन्न हुँदै आइरहेका छन् ।
वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सबै कोभिड–१९ भाइरसको साथ बाँच्न आवश्यक छ भन्ने विश्वासका साथ एससीडब्ल्यूईसीले कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक दूरी कायम राख्नका निम्ति, बजार २२ वटा स्टालहरूमा सीमित राखिएको थियो । नाइट बजारको उद्घाटन नेसनल लाइफ इन्सुरेन्सकी अध्यक्ष तथा एससीडब्ल्यूईसीकी सल्लाहकार प्रेमा राज्यलक्ष्मी सिंहद्वारा भएको हो ।


बजारमा सिर्जना राणा (होटल संघ नेपाल, अध्यक्ष तथा एससीडब्ल्यूईसी सल्लाहकार), छायाँ शर्मा (संसद सदस्य तथा एससीडब्ल्यूईसी सल्लाहकार), भवानी राणा (नेपाल उद्योग वाणिज्य महासंघ, भूपू अध्यक्ष), बन्दना राणा (एससीडब्ल्यूईसी, उपाध्यक्ष), एचई हिमाली अर्नुअतिलका (श्रीलंकाकी राजदूत), एचई इसला वीराकून (सार्ककी महासचिव), रीता सिम्हा (एफडब्ल्यूईएएन, अध्यक्ष) र सीमा गोल्छा (जेडओएनटीए, अध्यक्ष) लगायत विभिन्न महिला उद्यमीको उपस्थिति रहेको थियो ।
बजारको उद्देश्य नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको महत्त्व झल्काउने, स्थानीय उत्पादनहरूलाई प्रोत्साहित र प्रबद्र्धन गर्ने, मानिसहरूको सोच परिवर्तन गर्ने र उद्यमीहरूलाई बीटुबी र बीटुसीको माध्यमबाट जोड्ने थियो ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।