बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यात्रु बोकेको जीप दुर्घटना हुँदा यी ३ जनाको मृत्यु

यात्रु बोकेको जीप दुर्घटना हुँदा यी ३ जनाको मृत्यु

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 3.5K
    SHARES

  • यात्रु बोकेको जीप दुर्घटना हुँदा यी ३ जनाको मृत्यु
    प्रतिकात्मक तस्वीर

    काठमाडौं – दार्चुला जिल्लामा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु घाइते भएका छन् ।

    आज शनिवार साँझ जिल्लाको शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग३च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको छ ।

    दुर्घटनामा जीप चालक करन नाथसहित शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले ३ जनाको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

    दुर्घटनामा यात्रुहरू बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र वसन्त पन्त घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते यात्रुको अवस्था गम्भीर रहेका समेत प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २२ २०७७०८:५०:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend