काठमाडौं – सीमा क्षेत्रमा प्रहरी र तस्करबीचको दोहोरो भिडन्तमा गोली चल्दा कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा १ जना भारतीय नागरिक मारिएका हुन् ।
बेलौरी नगरपालिका–७ मा नेपाल–भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ । मृतकको परिचय खुलिसकेको छैन ।
मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।