काठमाडौं - चीनले नेपाली भूमि अतिक्रमणको क्रम अझै रोकेको छैन । हुम्लामा भौतिक संरचनाहरु बनाएर भूमि अतिक्रमण गरेको चीनले फेरि ताप्लेजुङको ओलाङचुङगोलामा पनि संरचनाहरु बनाएको पाइएको छ ।
नेपाल-चीन सीमा अध्ययन-२०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा चीनले भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानवअधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्याङमा पनि चिनियाँद्वारा नेपाली भूमि अतिक्रमण गरेको छ ।
उक्त प्रतिवेदनमा भनिएको छ, "उत्तरी सीमा क्षेत्र तिप्तला भञ्याङमा चिनियाँ अतिक्रमण देखिन्छ । त्यसैगरि ओलाङचुङ गोलाका स्थानीय अनुसार चीनले नेपाली भूमिमा भन्सार कार्यालयको संरचना बनाएको छ ।"
प्रतिवेदनमा गेटसहितको उक्त भवन चिनियाँ भूमि पर्ने चिनियाँ अधिकारीहरुले बताएको उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, "स्थानीयहरुले विरोध गरेपछि चिनियाँ पक्षले नो म्यान्स ल्याण्डमा उक्त संरचनाहरु बनाएको बताएका थिए । तर, सरकारी अधिकारीहरुसँग बुझ्दा उत्तरी सीमा क्षेत्रमा कुनै नो म्यान्स ल्यान्ड निर्धारण नगरिएको पाइएको छ ।"
ओलाङचुङ गोलाका स्थानीयहरुले भने चिनियाँ पक्षले उक्त भवनहरु नेपाली भूमिमा बनाएको बताइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।