बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नयाँ शैक्षिक सत्रबारे सरकारको यस्तो निर्णय

नयाँ शैक्षिक सत्रबारे सरकारको यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 4.4K
    SHARES

  • नयाँ शैक्षिक सत्रबारे सरकारको यस्तो निर्णय
    फाइल तस्बिर

    काठमाडौं – आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको छ ।

    जसअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ गतेबाट सुरू भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पूरा गर्ने निर्णयमा पुगेको जानकारी दिए ।

    शैक्षिक सत्रको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्नेछन् । निर्देशक पौडेलले शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने बताए ।

    आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले तोकिएको पाठ्यक्रम पूरा अध्ययन गर्न नपाउने भएका छन् । पाठ्यक्रमलाई तोकिएको ढाँचामा घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ ।

    शैक्षिक सत्रलाई चैतभित्र पूरा गर्दा केही बिदालाई समेत मिलाउने सरकारी योजना छ ।

    आगामी २०७८ सालको चैतमा शैक्षिक सत्र पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने बैशाखबाट सुरू गर्ने र चैतमा पूरा गरिने भएको छ । कोरोनाका कारण बिग्रेको नेपालको शैक्षिक सत्रको मिलान २०७९ साल भित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रुपमा अघि बढ्ने जनाइएको छ ।

    २०७९ सालको शैक्षिक सत्र १२ महिनामा पूरा हुने जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १८ २०७७०६:३३:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend