काठमाडौं – नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल निगम (आईओस) ले बढाएको छ ।
भारतीय निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार फेरि बढाएर पठाएको हो ।
आईओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर ९१.९६ मूल्य बढेको छ ।
फेब्रुअरी १६ मा आईओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
भारतबाट आएको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रूपमा १ अर्ब ५४ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
नयाँ मूल्यका आधारमा निगमले नेपाली उपभोक्तालाई बेच्ने मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२ रुपैयाँ नोक्सान हुने निगमले जनाएको छ ।
भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि अब नेपाल आयल निगमले समेत मूल्य बढाउने जनाएको छ । यसको मारमा अन्ततः नेपाली जनता पर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।